छोराले आग्लोले हानेर बाबुको ज्यान लिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ मंसिर २०७१, बुधबार १८:३७

सोलुखुम्बुको नेचा बेतघारीमा छोराको कुटाइबाट बुबाको ज्यान गएको छ ।
नेचा बेतघारी गाविस-८ निवासी ७१ वर्षीय बाबु चक्रबहादुर राईलाई उनकै माहिलो छोरा ३८ वर्षीय टेकबहादुर राईले आग्लोले हानेर हत्या गरेका हुन् । ।

मङ्गलबार बिहान घरायसी विवाद भएपछि छोराको आग्लो प्रहारबाट गम्भीर घाइते बनेका चक्रबहादुरलाई उपचारका लागि मङ्गलाबर दिउँसो हेलिकोप्टर चार्टर गरी काठमाडौँ लगिएको थियो ।

उपचारको क्रममा उनको काठमाडाैंस्थित शिक्षण अस्पातालमा मङ्गलबार साँझ नै ज्यान गएको प्रहरीले जनाएको छ । आग्लो प्रहार गरी बुबाको ज्यान लिने टेकबहादुरलाई पक्राउ गरी प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१