शान्ति र समृद्धिका लागि मानवअधिकार–युरोपेली सङ्घ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ मंसिर २०७१, बुधबार १६:४२

EU

काठमाडौँ, २४ मङ्सिर   । नेपालस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत रेञ्चे टिरिङले दिगो शान्ति तथा विश्व समृद्धिका लागि मानव अधिकार र प्रजातन्त्र महत्वपूर्ण पाटो भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालले नयाँ संविधान जारी गर्न लागेको उल्लेख गर्दै नयाँ आउने संविधानले प्रजातन्त्र, समावेशीतासहित सबै नेपालीको समान अधिकार सुरक्षित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राजदूत टिरिङले नेपालमा मानव अधिकारको प्रवद्र्धनका निम्ति सङ्घले काम गर्दै आएको र आगामी दिनमा अरु थप सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

सङ्घका विभाग प्रमुख एन्ड्रयु रोट्टगर, सङ्घका प्रथम राजनीतिक सचिव जेनोभा हर्नान्डी युरिजलगायतले मानव अधिकार प्रवद्र्धन गर्नका सबै क्षेत्रको सहयोग आवश्यक हुने धारणा राख्नुभयो ।

सङ्घले नेपालमा मानव अधिकारका क्षेत्रमा सन् २००३ देखि विभिन्न स्थानीय गैरसरकारी संस्थासँग मिलेर करिब ९० परियोजनामा सहयोग गर्दै आएको बताइयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१