गुप्तांग काटेर हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ मंसिर २०७१, बुधबार ०९:३९
 दाङ,२४ मङ्सिर । दाङमा एक ब्यक्तिको शव क्षतविक्षत अवस्थामा भेटिएको छ। तुलसिपुर नगरपालीका क्षेत्रमा रहेको लक्ष्मी सामुदायिक वनमा भेटिएको अन्दाजी ३०/३५ बर्षको ब्यक्तिको शवमा शरिरभरी धारीलो हतियार प्रहार गरिएको छ।गुप्ताङग काटिएको अवस्थामा फेला परेका उनी निर्वस्त्र रहेको इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरीक्षक मोहमद अन्सारीले जानकारी दिए।
टाउको र तिघ्रामा धारीलो हतियार प्रहार भएको तथा अनुहार जलाईएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।शबको सनाखत हुन सकेको छैन। स्थानीयले मंगलवार बिहान जंगलमा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१