नजिकका आफन्तबाटै हत्या र बलात्कारका घटना बढे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ मंसिर २०७१, बुधबार ०९:३५

क्रूर बन्दै समाज

knife

 

 

 

 

काठमाडौं,मंसिर २४ – पछिल्लो समय बढेका अपराधले नेपाली समाज क्रूर र निर्दयी हुँदै गएको देखाएको छ । नजिकका आफन्तबाट नै हत्या र बलात्कारका घटना बढ्न थालेका छन् ।

काठमाडौंको डल्लुमा सोमबार दिउँसो अत्यन्तै क्रूर तरिकाले एक युवकले एक वृद्दाको हत्या गरेका छन् । प्रहरीका अनुसार काभ्रे घर भई डल्लु बस्दै आएका छिरिङ लामाले योजनाबद्द रुपमा पशुलाई जस्तै गरी हजुरआमा दामु तामाङको घाँटी काटेर हातमा टाउको बोकेर हिँडेका हुन् ।

उपचारका लागि काठमाडौं आएकी दामुले आफूलाई ठूला आँखा बनाएर हेर्ने गरेको र भूतजस्तै लाग्ने गरेकाले त्यसरी हत्या गरेको छिरिङले बयान दिएका छन् ।

डल्लु घटनाको २४ घन्टा नबित्दै उदयपुरमा मंगलबार बिहान यस्तै घटना भयो सामान्य विवादमा उदयपुर बेल्टारका कमानसिंह राईले बाँसको चिर्पटले टाउकोमा हानेर हजुरआमाको हत्या गरे ।

प्रहरीले मोरङमा आफ्नै श्रीमान्को हत्या गर्न लगाउने देउमाया कटवाललाई सोमबार पक्राउ गरेको छ । सम्पत्तिको लोभमा उनले अपराधीलाई ५० हजार रुपैयाँ दिएर श्रीमानको हत्या गर्न लगाएको अनुसन्धानपछि खुलेको छ ।

मोरङमै आइतबार एक व्यक्तिले छोराछोरीलाई रुखमा झुन्ड्याएर हत्या गरेपछि आफैंले आत्महत्या गरेका थिए । प्रहरीका अनुसार श्रीमतीले छाडेर गएपछि मोरङ बेलबारीका तालाजुन राईले यसरी छोराछोरीको हत्या गरी आत्महत्या गरेका थिए ।
काठमाडौंमा शनिबार अर्को क्रूर हत्या भएको थियो । साथीको बिहेमा जान हिँडेकी रितु महासेठको अन्धाधुन्ध रुपमा छुरा हानेर हत्या भएको थियो ।

पछिल्ला समयमा नेपाली समाजमा देखिएका यी अपराधका डरलाग्दा श्रृंखलाहरुले नेपाली समाजलाई क्रर र निर्दयी बनाउँदै लगेको डरलाग्दो चित्र दिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१