राजश्व छली गरी गोजी भर्दै ट्राफिक प्रहरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ मंसिर २०७१, मंगलवार ११:५७

सम्राट सिंह
बझाङ २३ मंसिर । ट्राफिक नियम विपरित यातायातका साधन चलाएमा चालकबाट लिने राजश्व छली गरी ट्राफिक प्रहरीले आफ्ना गोजी भ¥ने गरेका छन ।
सोमबार बैतडी जिल्लाको खोड्पेमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरी जवान दिलानन्द भट्टले करिब पचास जना चालकहरुबाट जरिवाना गरेको भएपनि ६ जनालाई मात्र जरिवाना गरेको रसिद दिई बाँकी रकम आफुले कुम्ल्याउने गरेको पाइएको छ ।
ट्राफिक प्रहरीले राजश्व छली गरी प्रतिदिन ७ देखि दश हजारसम्म आफुले बचाउने गरेको हुँदा राजश्वमा कमी आएको नाम नबताउँने सत्रमा एक प्रहरी हबल्दारले बताए ।
सोमबार खोड्पेमा लाइसेन्स नभएका,क्षमता भन्दा बढी यात्रु बोकेका,सवारी दर्ता प्रमाण पत्र नबोकेका झण्डै पचास जना चालकहरुलाई २ सय देखि ८ सयसम्म जरिवाना गरेको थियो । चालकहरुले जरिवाना काटेको रसिद माग्दा जरिवाना बढी काट्ने डर देखाउँदैै रसिद नदिएर धमाधम रकम असुल्ने गरेको छ ।
एक हजार रुपियाँ जरिवाना गरेका चालकहरुलाई मात्र जरिवाना रसिद दिएको र दुई सयदेखि आठ सय रुपिँयासम्म जरिवाना गरेकाहरुलाई नगदी रसिद नदिएको मोटर साइकल चालक रबिन्द्र बमले बताए । उनले भने ट्राफिक चेकजाँच केही ट्राफिक प्रहरीको कमाइ खाने भाँडो बनेको छ ।
ट्राफिक प्रहरीले आफ्नो गोजीभन्दा राजश्व संकलनमा ध्यान दिएर इमान्दारिता पूर्वक काम गरे राजश्वमा दोब्बर बृद्घि हुने देखिन्छ ।
यातायातका साधन अत्याधिक दुर्घटना भइरहेको बेला ट्राफिक चेकजाँच कडा गर्नु उचित भएको तर यसरी नेपाल सरकारको राजश्व छली गर्ने दिलानन्द जस्ता केही ट्राफिक प्रहरीले गर्दा सम्पूर्ण ट्राफिक प्रहरी नै बदनाम हुने गरेको नागरिक अगुवाहरु बताउँछन ।
ट्राफिक प्रहरीले जरिवाना गरेपछि सवारी साधनका चालकहरुले २४ घण्टासम्म क्षमता भन्दा बढी यात्रु,बसको छत माथी सामान ओभर लोड जस्ता क्रियाकलापले गर्दा दुर्घटनामा बृद्घि हुँदै आइरहेको छ ।
यता ट्राफिक प्रहरी जवान दिलानन्द भट्टले जरिवाना गरेका सबैलाई जरिवाना रसिद दिएको भन्दै पन्छिन खोजे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१