स्थानीय तहमा कर्मचारी सरुवा यथावत्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०८१, सोमबार ०७:३५

काठमाडौं।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलये स्थानीय तहमा कर्मचारीको सरुवा यथावत् राख्ने निर्णण गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयबाट लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति पाएका कर्मचारीको सरुवा यथावत् राखेको हो ।

२९ माघमा मन्त्रालयले लोकसेवा आयोगको सिफारिसमा नियुक्त भई खटिएका कर्मचारीलाई कामकाजका लागि अन्तरस्थानीय तहमा खटाउने निर्णय गरेको थियो । त्यसका लागि दोहोरो सहमति आवश्यक पर्ने भएकामा अब उक्त प्रक्रिया नै खारेजीमा परेको हो ।

ad
तर, सम्पूर्ण स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइनसकेको, सफ्टवेयर निर्माणको क्रममा रहेको, रिक्त पदमा पूर्तिका लागि कतिपय स्थानीय तहले प्रदेश लोकसेवा आयोगमा माग गरेको र कतिपय स्थानीय तहले विगतमा जारी भएका सहमतिपत्रबाट हाल सरुवा र कामकाजमा नखटाइदिन अनुरोध भएको भन्दै मन्त्रालयले विगतको आफ्नै निर्णय रद्द गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, जेष्ठ ३, २०८१