अपांगता भएका व्यक्तिहरुको प्रदर्शनमा प्रहरी दमन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ जेष्ठ २०८१, बिहीबार ०५:३८

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको प्रदर्शनमा प्रहरी दमन भएको छ । विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग राख्दै उनीहरुले आज काठमाडौंको भृकुटीमण्डप परिसरमा प्रर्दशन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले केही अपाङ्गता भएका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत चैत १२ गते तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ का दिपक भण्डारी धर्नामा बसेको बेला अपाङ्गता भएका व्यक्तिहरुका प्रतिनिधिसँग सहमती गरेको थियो । सहमतीअनुसार सामुदायिक सहायता सेवा सुरुवात नभएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१