भीम उपाध्याय ५० हजार धरौटीमा छुटे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०८१, सोमबार ०५:५७

काठमाडौं । पूर्वसचिव भीमप्रसाद उपाध्याय ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा उनी विशेष अदालतमा हाजिर भएर ५० हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत फागुन ६ गते तत्कालीन खानेपानी सचिव उपाध्याय विरुद्ध चार करोड ११ लाख बिगो मागदावीसहित विशेष अदालतमा भ्रष्टाचार गरेको थियो ।

उनी आइतबार विशेष अदालतमा हाजिर भएर बयान तथा थुनछेक बहस भइ ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, जेष्ठ ३, २०८१