बजेटको अर्धवार्षिक समीक्षाः राष्ट्रिय गौरवका आयोजनाको खर्च २३.६१ प्रतिशतमात्रै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०८०, मंगलवार ०७:११

काठमाडौं । राष्ट्रिय गौरबका आयोजनाको बजेट खर्चको स्थिति निराशाजनक रहेको पाइएको छ । सोमबार अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा चालु आवमा विनियोजित बजेटको २३.६१ प्रतिशतमात्रै बजेट खर्च भएको उल्लेख छ ।

सरकारले चालु आवमा १९ वटा राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिन ६५ अर्ब ६४ करोड १४ लाख बजेट विनियोजन गरेको थियो । गत पुस मसान्तसम्म विनियोजित बजेटबाट १५ अर्ब ५० करोड ८ लाखमात्रै खर्च भएको छ । जुन विनियोजित कूल बजेटको २३.६१ प्रतिशत हो ।

चालु आवको छ महिनासम्म २३.६१ प्रतिशतमात्रै बजेट खर्च हुनुले आयोजनाको खर्च र प्रगति स्थिति निराशाजनक रहेको पुष्टि गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१