जलहरी प्रकरण: तत्कालीन सदस्यसचिव प्रदीप ढकालसँग विशेष अदालतले माग्यो ३ लाख धरौटी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०८०, बुधबार ०७:१३

काठमाडौं । पशुपतिनाथमा चढाइएको सुनको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा। प्रदीप ढकालसँग विशेष अदालतले तीन लाख रुपैयाँ धरौटी मागेको छ ।

ढकाल बुधबार विशेष अदालतमा बुधबार उपस्थित भएका थिए । विशेषका न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले धरौटी माग गर्ने आदेश गरेको हो । यसअघि विशेषले निलम्बित सदस्यसचिव मिलनकुमार थापासँग पनि तीन लाख रुपैयाँ धरौटी मागेको थियो ।

अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको दाबी गर्दै थापा र डा प्रदीप ढकाल तथा अरुण श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१