दीपेशविरुद्ध पनि सहकारी ठगी प्रकरणमा उजुरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०८०, मंगलवार ०७:१६

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनविरुद्ध सहकारी ठगी प्रकरणमा प्रहरीमा उजुरी परेको छ । आज (सोमबार) पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीविरुद्ध पनि उजुरी दर्ता गराएका हुन् । उनी नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका महासचिव हुन्।

सूर्यदर्शन सहकारीको एक अर्बभन्दा बढी रकम हिनामिना गरेर सञ्चालक जिबी राई फरार छन् । उक्त सहकारीका एक हजार ५६ जनाले पहिले नै उजुरी दर्ता गराइसकेका थिए । आज दीपेश पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत १८ जनालाई विपक्षी बनाएर पुरक उजुरी परेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१