४ करोड जरिवाना र ३ वर्ष कैद तोकिएकी मन्दिरा ९ वर्षपछि पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०८०, सोमबार ०६:४६

काठमाडौं । बैकिङ कसुर सम्बन्धी मुद्दामा ४ करोड जरिवाना र तीन वर्षको कैद सजाय तोकिएकी एक महिला ९ वर्षपछि पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीया मन्दिरा केसी कार्की रहेकी छन् । उनलाई सीआईबीले शनिबार बनेपाबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ ।

बैंकिङ कसुर मुद्दामा साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई ३ वर्ष कैद र ४ करोड रुपैया जरिवाना हुने ठहर गरेको थियो।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिरा केसी सञ्चालक रहेको घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको भक्तपुर साविक चाँगुनारायण गाविस–७ र ९ स्थित जग्गाहरु धितो राखि प्राप्त गरेको कर्जा तोकिएको परियोजनामा लगानी नगरी दुरुपयोग गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१