भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरियो : कोइराला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०८०, आईतवार ०७:२९

पाँचथर।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठुला-ठुला भ्रष्टाचार गरेको बताएका छन् ।

पाँचथरको फिदिममा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बेल्दै उनले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गरे ।

उनले भने, ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो । एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ ।’

उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने पनि बताए । उनले भने, ‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो,’ उनले भने ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ । राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१