गोकर्णेश्वर वडा नम्बर ३ का बालुवा डिपो सञ्चालकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०८०, शुक्रबार ०७:२३

काठमाण्डौ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित राजाडिल सडक खण्ड मर्मत कार्यमा बालुवा डिपो सञ्चालक सुशान्त कुइँकेलसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कुइँकेलसहित सो सडक मर्मत तथा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरू अध्यक्ष लक्ष्मण अधिकारी, सचिव प्रेमप्रसाद भण्डारी र सदस्य मोहन प्रसाद कुइँकेलले सेवाग्राहीसँग एक लाख रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

गोकर्णेश्वर नगरपालिकासँग गरिएको सम्झौता विपरीत सो सडक निर्माण ठेक्का सम्पन्न गरी नगरपालिकाबाट रकम भुक्तानी लिइसकेपछि सेवाग्राहीले गरेको कामको भुक्तानी गर्ने सर्तमा उनीहरूले सो रकम लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम एक लाख रुपियाँ कायम गरी कैद र जरिवानाको मागदाबी लिई विशेष अदालत काठमाडौँमा बिहीबार आरोपपत्र दायर भएको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१