१ लाख ७५ हजार घुस लिने प्रहरी जवान धवलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०८०, बिहीबार ०८:०२

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका तत्कालीन प्रहरी जवान सञ्जीव धवलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन प्रसाद शर्मा र सोही महानगरपालिका–२१ का इन्द्रलाल श्रेष्ठ छन् ।

उनीहरूसँग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम जरिवाना र दफा ३ को उपदफा १ को खण्ड (घ) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तिायरका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१