काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेल खरिद विक्री प्रकरणमा नेताहरुकै साँठगाँठ रहेको बताएका छन् । आज (शनिबार) विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म यति ठूलो भ्रष्टाचार हुन नसक्ने बताएका हुन् ।
अहिले देशमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढिरहेको समेत उनले बताए । एनसेल प्रकरणमा राजनीतिक दलका नेता, ब्यापारी र कर्मचारीको मिलेमतोमा अर्बौंको भ्रष्टाचार भएको उनको दाबी छ ।
प्रतिक्रिया