विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिरको सरसफाई अभियानमा युवाको निरन्तरता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७१, आईतवार ०८:२८

tti भक्तपुर ,१६ कार्तिक ।  समाज परिवर्तनको मुख्य उद्देश्य लिएर समाज सेवामा लागेका युवाहरुले विगत ४ महिनादेखि विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिरको सरसफाई अभियानलाई यस महिना पनि निरन्तरता दिएका छन् । जाग युवा नामक युवा सञ्जालकको आयोजनामा श्रावण १७ गतेबाट विश्व सम्पदा सूचीमा सूचिकृत धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वले भरिपूर्ण चाँगु नारायण मन्दिर परिसर सरसफाई अभियान सुरु गरिएको छ । युवाहरुलाई आफ्नो धार्मिक धरोहरहरुको संरक्षण र स्थानीयलाई सो क्षेत्रको संरक्षण र प्रबर्तन गर्न थप चेतना फैलाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । परिवर्तन आफैबाट सुरु गरौ भन्ने नारालाई आत्मसाथ गर्दै युवाहरुलाई यस्ता धरोहरको संरक्षण र बिकासमा ध्यानाकृष्ट गराउन पनि यस अभियान निकै फलदायी हुने देखिन्छ ।   हामी जाग युवा संजालले आजको कार्येक्रमलाई आन्तिम सरसफाई गरेको छ र तेही को स्थानिय संस्था (चाँगुनारायण विकास समिति)लाई  निरन्तरता दिन आग्रह गरेका छौ ।विभिन्न संग-संस्थाहरु सहभागिता रहेने सरसफाई कार्येक्रम मा आज पनि म स्वोदेसी र युवा नामक संस्थाले सहभागिता जनाएको छ ।ilo

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१