५५ वर्षमा पनि कसरी फिट देखिन्छिन् माधुरी दीक्षित?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०८०, शनिबार ०७:३०

काठमाडौं।  बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित ५५ वर्षको उमेरमा पनि निकै फिट र जवान छिन्। एक कुशल कलाकारसँगै उनी निकै राम्रो नृत्याङ्गना पनि हुन्। उनले एउटा अन्तरवार्तामा भनेकी छिन् कि,‘मेरो लागि नृत्य एक जोस हो। यसले मलाई आध्यात्मिक उच्चता दिन्छ।’

आजसम्म पनि उनको फिटनेस प्लानमा नृत्य समावेश हुन्छ। नृत्य उनको मन पर्ने व्यायाम हो। उनी घरमा हप्तामा ४ देखि ५ पटक कथक अभ्यास गर्छिन्। उनी जिम जान त्यति मन पराउँदिनन्। उनी हप्तामा २ देखि ३ पटक हल्का कसरत गर्छिन्। जसमा कार्डियो र योग समावेश छन्। उनी पर्याप्त सुत्नुपर्छ भन्ने विश्वास गर्छिन्।
उनी मद्यपान र धूम्रपान गर्दिनन् साथै खुसी रहनु उनको स्वस्थ जीवनको राज हो।

माधुरी दीक्षितको डाईट पनि जटिल छैन। उनी दिनभरि समयसमयको अन्तरालमा ५/६ पटक थोरै थोरै खान खान्छिन्। उनले आफ्नो दैनिक आहारमा धेरै फलफूल र तरकारीहरू समावेश गरेकी छन्।

उनी तेल कम भएको, बोसो नभएको खानेकुरा, भिटामिन, मिनरल्स, कम कार्बोहाइड्रेट र उच्च गुणस्तरको प्रोटिनयुक्त खानेकुरालाई प्राथमिकता दिन्छिन्। साथै उनी अत्यावश्यक पोषक तत्त्वहरूको सप्लिमेन्ट पनि लिन्छिन्।
उनी महाराष्ट्रीयन खाना मन पराउँछिन् र जापानी खानामा पनि रुचि राख्छिन्। उनको आहार योजना सन्तुलित छ किनभने उनी कार्बोहाइड्रेट र प्रोटिनयुक्त खानमा ध्यान केन्द्रित गर्छिन्।

बिहान उनी ओट्स वा टोस्टसँग तिन वटा अण्डाको सेतो भाग र एक कप चिया खान्छिन्। बिहानको खानामा उनी नटस् वा फलफूलको साथ दही खान रुचाउँछिन्। त्यसपछि उनी चिकन, तरकारी र रोटी खान्छिन्। साँझ उनी फेरि अण्डाको सेतो भाग र एक कप चिया खान्छिन्।

डिनरमा उनी सलाद र तरकारीसँग ग्रील्ड माछा वा चिकन खाने गर्छिन्। उनी हरेक सोमबार नरिवलको पानी (कोकोनट जुस) खान्छिन्। उनी सबैलाई समय समयमा खाने कुरा खाई रहन, प्रोटिनयुक्त खानेकुराहरूमा जोड दिन र प्रशस्त पानी पिउन सल्लाह दिन्छिन्। (एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१