मकवानपुमा दुई बस ठोक्किए, ९ को मृत्यु, ३० घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७१, शनिबार ०८:३२
१५ कात्तिक, काठमाडौं । मकवानपुरको बासमाडीमा भएको यात्रुबाहक रात्रीबस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।

दुर्घटनामा परेका ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुने छ पुरुष र तीन महिला छन् । ज्यान जानेमा इलाम बरबोटे ४ का प्रवीनराज आचार्य र रसियन नागरिक २६ वर्षकी दरिया मल्चापोभाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दियो । अन्यको परिचय खुल्न बााकी छ ।

घाइतेहरुको मकवानपुरमा उपचार भइरहेको छ । इलामबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको बस र काठमाडौंबाट बिराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको बस राति २ बजेको समयमा ठोक्किएका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१