ओच्छ्यानमा मृत भेटिए सलमान……!!!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७१, शनिबार ०७:३९


धादिङ,१५ कार्तिक । धादिङको गुम्दी घर भई नीलकण्ठ नगरपालिका¬–३ बस्ने अन्दाजी ५० वर्षीय सलमान दमाइ सुतेको अवस्थामा मृत फेला परेका छन् ।   सिलाइ काम गर्ने सलमान लीलाबहादुर श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए । सलमानको श्रीमती मङ्गलबार काठमाडौँ गएकाले डेरामा एक्लै रहेका उनी बिहान मृत अवस्थामा फेला परेका हुन् ।   मृतकको शव परीक्षणका लागि धादिङ अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१