भाइसँग हारेपछि दिदीले आत्महत्या गरिन्…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७१, शनिबार ०७:०६
कपिलवस्तु ,१५ कार्तिक  ।  जिल्लाको दक्षिणी क्षेत्रको गौरी गाविस–३ भडिहारमा भाइसँगको झगडामा हारेपछि अमिमा खातुनले आत्महत्या गरेकी छन् ।
दिदीभाइबीच भएको सामान्य झगडामा १२ वर्षीय भाइसँग हारेपछि १७ वर्षीया अमिताले विष पिएर आत्महत्या गरेको कपिलबस्तुका प्रहरी उपरीक्षक विक्रम गुरुङले जानकारी दिए । विष सेवन गरेकी खातुनलाई तत्कालै उपचारक लागि तौलिहवा अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि भैरहवा थप उपचारका क्रममा उनको ज्यान गएको हो ।
‘भाइसँग झगडा नगर भनेको थिएँ । त्यही नै मेरा लागि अभिषाप भयो’, अमिताका बाबु अक्रमले भने, ‘मेरी छोरीलाई डाक्टर र अल्लाह पनि बचाउन सकेन ।’
दिदीभाइको सामान्य झगडाले यस्तो परिणा ल्याउला भन्ने नसोचेको अक्रमको भनाइ छ । अक्रम अली मुसलमानका छोरा र छोरी सबैले पढ्न पाएका छैनन् । अमिमाको इस्लाम धार्मिक विधिअनुसार अन्त्येष्ठी गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१