ईजरायलबाट आयो गीतकार नूतन भुसालको  ‘कैदी बनाउ मलाई’ (भिडियो )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०८०, बिहीबार ०६:००

काठमाण्डौ । ईजरायलमा रहेकी गीतकार नूतन भुसालले  ‘कैदी बनाउ मलाई’ गीतको भिडियो सार्वजनिक गरेकी छिन ।संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती एल्बम ‘नूतन’मा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका छन । भिडियोलाई गीतकार नूतन भुसालको युट्युब च्यानल (Nutan Music) मार्फत रिलिज गरिएको हो ।
‘कैदी बनाउ’ ‘गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । राज लिम्बुको निर्देशनमा बनेको भिडियोमा  प्रकाश श्रेष्ठ एवं विष्णु कट्टेल पराजुलीले अभिनय गर्नु भएको छ ।
ईजरायलको सेरोफेरोमा सन्तोष माबोले बडो कलात्मक ढंगले छायाङ्कन गरी गीतको भिडियोलाई आकर्षक बनाइदिएका छन् ।
गीतकार भुसालले गीतको लेखनदेखि छायाँकन हुँदै अन्तिम रुप दिन सबैले सहयोग र मिहिनेत गरेकै कारण दर्शकहरु सामु पुगेकाले दर्शक स्रोताले पनि सो गीतलाई सुनिदिन आग्रह गर्नु भएको छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१