सौतेनी सासूले बुहारीलाई घरबाट निकालिन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ कार्तिक २०७१, शुक्रबार १४:२६

मोरङ,१४ कार्तिक ।मोरङको बयरवन–६ की ललिता चौधरीलाई सौतेनी सासूले घर निकाला गरेपछि माइतीको शरणमा पुगेकी छन् । ललिताका पतिले वैदेशिक रोजगारीबाट पठाएको पठाएको पैसा हडप्ने उद्धेश्यले सासू र नन्दले ३४ वर्षीया ललितालाई निकालेको पीडितको आरोप छ । 

दुई सन्तानकी आमा ललितालाई सौतेनी सासू र नन्दले दुव्र्यवहार गर्दै मार्ने योजनासमेत बनाएको थाहा पाएपछि छरछिमेकीलाई भनेकी थिइन् । हाल सुनसरीको एकम्बास्थित माइतीको शरणमा बसिरहेकी ललिताका दुई सन्तानसँग समेत भेट गर्न दिइएको छैन । उनले आफ्ना सन्तानसँग भेट गर्न पाउनुपर्ने माग गरेकी छन् । 

ललिताले आफूलाई घरमा स–सम्मान पुनःस्थापना गर्न मानव अधिकार आयोग, इन्सेक, र सम्बन्धित निकायसँग आग्रह गरेकी छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१