एनआरएनएका अध्यक्ष रबिना थापाद्वारा पुनःअध्यक्षमा उम्मेदवारी घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०८०, शुक्रबार ०६:३३

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को आसन्न ११ औँ महाधिवेशनमा हालकी अध्यक्ष रबिना थापाले पुन उम्मेदवारी घोषणा गरेकी छन । आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशनमा अध्यक्षका लागि पुनः उम्मेदवारी घोषणा गरेको थापाले बताईन ।
आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धि भएको, गैरआवासीय नेपाली नागरिकताका लागि संसद् र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको, नवौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक एनआरएनएको टिम सहभागी भई पदक जितेको, सङ्घको काठमाडौँस्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्टदेखि घेरा पर्खालसम्म) अपाङ्गमैत्री बनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण सुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस सुरु गरिएको (तीन प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा), विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४सै घण्टा खुला रहने हटलाइन सेवा सुरु गरिएको, सङ्घको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको उनले जानकारी गराइन् ।
अघिल्लो कार्यकालमा ६ महिना मात्रै अध्यक्ष भएकी थापाले अब अक्टोबरमा हुन लागेको महाधिवेशनमा २ वर्षे पूरा कार्यकालका लागि अध्यक्षका लागि उम्मेदवारी दिने र तेस्को अन्तिम तयारीमा लागेको उनले दावी गरिन ।
एनआरएनएमा अहिले तीन जना अध्यक्ष छन । १८ महिना अघि कार्यकालमा विवाद मिलाउन भन्दै ३ जना अध्यक्ष बन्दा थापा पनि अध्यक्ष बनेकी थिइन ।

May be an image of 9 people, dais and text
एक पटकको नेपाली सधैँको नेपाली अभियानलाई अझ सशक्त बनाउन अबको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको जनाउदै थापाले अघिल्लो कार्यकालका पुरा हुन बाँकी योजना कार्यान्वयन गर्न पनि पुन अध्यक्षमा उम्मेदवार दिएको बताईन ।
आफूलाई नेतृत्वमा अघि बढ्न एनआरएनएका अभियन्ता,अग्रज तथा विभिन्न देशबाट गैर आवासीय नेपालीहरुको सुझाव आएकोले उम्मेदवारी दिएको बताइन। थापाले आफूले सुरुदेखि नै अघि सारेको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने चरणमा पुगेको र आफुसँग अन्य धेरै एजेन्डा रहेकोले त्यही एजेन्डा स्थापित गर्न आफू पुन अध्यक्ष बन्न लागेको बताईन ।
उनले विभिन्न ठुला विकसित देशमा द्विदेशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ लिएर अगाडी बढ्ने बताइन ।

गैर आवासीय नागरिकताको व्यवस्था पछि मताधिकारसहित अरू अधिकारका लागि पनि आफूले पहल गर्ने थापाले बताइन । अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आएकी थापाले आफूलाई बिश्वमा रहेका गैर आवासीय नेपालीहरुको ठुलो समर्थन मिलेको जनाऊदै सँस्थालाई राजनितीभन्दा माथी उठाएर अगाडी बढ्नुपर्ने बताईन । रबिना यसअघिको कार्यकालमा निर्वाचित उपाध्यक्ष समेत रहिसकेकी थिईन ।
संघको स्थापनाकाल देखि सक्रिय थापाले संघको विभिन्न निकायमा रहेर काम गरिसकेकी छन ।
सरकारले नागरिकता ऐन संशोधन गर्दै विदेशमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको छ । संशोधित ऐन अनुसार गृह मन्त्रालयले नयाँ नियमावली तयार गरेर कानुन मन्त्रालयमा पठाउन लागेको जनाएको छ ।

सो अवसरमा सार्वजनिक गरिएको थापाको २५ बुँदे घोषणापत्रमा संघको संरचनागत सुधार देखि नेपाल र नेपालीको समृद्धिकालागि नेपाल सरकारसँग सहकार्यका विषय उल्लेख छ । त्यस्तै स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, संचार, कृषि उर्जा लगायतका विभिन्न क्षेत्रमा उनको योजना र अवधारणा घोषणापत्रमा समेटिएकोछ ।

पत्रकार सम्मेलनमा थापाले विदेशमा रहेका नेपालीहरुलाई बंशजकै नागरिकताको निरन्तरता देखि श्रम स्वीकृति लिएर गएका श्रमिक जी टु जीबाट जाने नेपाली र विद्यार्थी भिसामा गएका विद्यार्थीहरुलाई केही समस्या परेमा नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने र यसमा एनआरएनएले निरन्तर समन्वय गरिरहनुपर्ने बताइन् ।

नागरिकता नियमावलीमा गैर आवासीय नेपाली नागरिकता लिन अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गर्न लागिएको छ ।
थापाले हालका उम्मेदवारहरुमध्य आफु अग्र स्थानमा रहेको जनाउदै आफुलाई समर्थन गर्न विश्वमा रहेका सबै गैर आवासीय नेपाली र अभियन्ताहरुलाई आग्रह गरिन ।    

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१