किन बस्छ स्वर ? यसबाट कसरी बच्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८०, शनिबार ०६:२९

मौसमअनुसार घाँटीको समस्या देखिन्छ । जाडोयाममा होस् या गर्मीयाममा घाँटीमा विभिन्न समस्या देखिएका हुन्छन् । विभिन्न समस्यामध्ये स्वर बस्ने अर्थात् आवाज नआउने समस्या पनि एक हो । यस अन्तर्गत व्यक्तिले बोल्न खोज्दा पनि आवाज नआउने वा भासिएर आउने र घाँटी दुख्नेजस्ता समस्याहरू देखा पर्छ । विशेषगरी यो समस्या जाडो मौसममा बढी देखिन्छ । यो समस्या देखिनु अघि घाँटी खसखस हुने, चिलाउने तथा लगातार हाछ्युँ आउने जस्ता लक्षणहरु देखा पर्छ ।

स्वर बस्ने कारण चिसोको कारण देखिने ‘एलर्जिक फ्यारिजान्टिस’ भाइरल फ्लु एवम् एन्फ्लुएन्जा म्यारिन्जाईटिस प्रदूषित वातावरण अत्याधिक चिल्लो एवम् चिसो खानाको सेवन ग्यास्ट्रिकको समस्या ठुलो स्वरमा बोलेमा वा चिच्याएमा चिसोको एलर्जी स्वर बस्ने समस्याबाट जोगिने उपाय यस्तो समस्याको समाधान घरेलु उपचार विधिबाट नै पनि निको पार्न सकिन्छ । कतिपय अवस्थामा यस्तो समस्या १÷२ दिनपछि आफैं निको भएर पनि जाने हुन्छ । यद्यपि यसका लागि भने व्यक्तिले निम्न पक्षमा विशेष ध्यान दिनुपर्छ ः चिसोबाट जोगिने तातो खाना र मनतातो पानीको सेवन गर्ने खाना बार्ने अत्याधिक चिसो तथा चिल्लो पिरो नखाने लगातार नबोल्ने वा सकेसम्म राम्ररी स्वर नआएसम्म घाँटीलाई आराम दिने बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने चिकित्सकको सल्लाह लिने । प्रस्तुतिः सृजना मगर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१