सेनाको जमदार बनाइदिने भन्दै ठगी गर्ने फन्दामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ कार्तिक २०७१, शुक्रबार ०४:५७
१४ कार्तिक  । नेपाली सेनामा जमदार बनाइदिन्छु भन्दै ठगी गर्ने एक युवालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको छ । images-23

पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नपा–१ घर भई सुनसरीको इटहरी नपा–१ मा बस्दै आएका सञ्जय घिमिरे रहेका छन् । चीनमा एमबीबीएस अध्ययनरत घिमिरेले बाबुराम थोकर र रबि सापकोटालाई सेनाको जमदार बनाइदिने भन्दै ८० हजार रुपैयाँ ठगी गरेको अभियोग प्रहरीले लगाएको छ ।

रकम लिएर फरार भएपछि पीडितहरुको उजुरीका आधारमा प्रहरी टोलीले पक्राउ गरी महानगरीय प्रहरी परिषर हनुमान ढोका काठमाडौंमा पठाइएको जनाएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१