मिथिलान्चलको महत्वपुर्ण पर्व छठ विधिवत रुपमा सम्पन्न .

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ कार्तिक २०७१, बिहीबार १४:१५

एस.पी.गौरबchhath parwa-janakpurtoday-janakpur

सिरहा १३ कार्तिक  । मिथिलाचन्लके महत्वपुर्ण पर्व छठ विधिवत रुपमा सम्पन्न भएको छ .। सिरहाको मिर्चैया लगायतका स्थानमा भव्यताको साथ बिहिबार छठ सम्पन्न भएको हो । ४ दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन साँझमा अस्ताउँदो सुर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहेको छ । उतm अबसरमा सिरहाको. मिर्चैया लगायतका बजारहरुमा छठ पर्वमा प्रयोग हुने विभिन्न माटाका भाडा, केरा, नांग्ला, चाल्नो, नरिवल लगायतका सामग्रीहरु किनमेल गर्नेहरुको चहल पहल बढेको थियो । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न त्यस्तै अरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि र्धािर्मक मान्यतासगै वैज्ञानिक र ज्योतिष सम्बन्धी तथ्य पनि रहेको पाईन्छ ।
पर्वको पहिलो दिन चतुर्थीमा ब्रतालु महिला एवं पुरुषहरु नित्यकर्म गरी शुद्ध शाकाहारी खाना खाने गर्दछन । ब्रतालु महिला एवं पुरुषहरुले लसुन, प्याज बिना कालो नुन प्रयोग गरिएको खाना खाने गर्दछन । त्यस्तै दोस्रो खरनाको दिन दिनभरि उपवास रहने गर्दछन । बेलुका चन्द्रमाको दर्शन गरेपछि माटाको नयाँ चुल्हामा माटोकै नयाँ भाडोमा सख्खर, दूध र चामलको खीर पकाउने गर्दछन । उतm खीर केराको पातमा राखेर छठी मातालाई चढाए पछि व्रतीहरुले प्रसादको रुपमा ग्रहण गर्ने गर्दछन । पर्वको तेस्रो दिन ब्रतालुहरु दिँउसो उपवास बसी साझमा जलाशयमा गएर अस्ताउदो सूर्यलाई अर्घ दिएका थिए । बिहिबार चौँथो दिन बिहान जलाशयमा गएर उदाउदो सूर्यलाई अर्घ दिएपछि छठ बिधिबत रुपमा सम्पन्न भएको हो । छठमा फलफूल, अदुवाको बोट, उखु, नरिवल, बोडी, नाङलो, चाल्नो, माटाको दियो लगायतका सामग्रीहरु चढाईएको थियो ।. छठ पर्व जलाशय, पोखरी वा नदी भएको स्थानमा मनाउने पर्व हो । तसर्थ छठ पर्वको अवसरमा सिरहाको मिर्चैया लगाएतका स्थानका नदी पोखरीहरुलाई बेहुली झैँ सजाइएको थियो । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१