नदिमा डुवेर एकजनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ कार्तिक २०७१, बिहीबार १४:०६

सन्दिप कुमार बैश्य
बर्दिया , कार्तिक १३ गते  । तिहारमा देउसी भैलो खेली संकलन गरि जम्मा गरेको रकमले बबई क्षेत्र नजिक पिकनिक खेल्न गएका मध्ये बबई नदिमा डुवेर एक जना युवाको मृत्यु भएको छ । पिकनिक खेल्न गएका वेला नदिमा नुहाउने क्रममा कालिका २ का १८ बर्षिय गुमान मिजारको डुवेर बुधबार मृत्यु भएको हो । नदिमा नुहाउन गएका मिजार पौडी खेल्न एक्लै गएका वेला डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । बबई नदिमा पौडी लेल्ने क्रममा युवाले पानीको बहावलाई नियन्त्रण गर्न नसक्दा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१