किवानिज इन्टरनेशनल नेपालको पाचौं डिष्ट्रिक्ट कन्भेन्सन रुपन्देहीमा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०८०, सोमबार ०६:३१

रुपन्देही । किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालले K69 (5th Convention of Kiwanis Nepal District) पाचौं डिष्ट्रिक्ट कन्भेन्सनको तयारीलाई तिब्र बनाएको छ । आगामी भाद्र ८ र ९  गते  रुपन्देहीमा हुने डिष्ट्रिक्ट कन्भेन्सनको तयारी कार्यक्रमको जिम्मेवारी सहित संयोजकहरुलाई परिचालन गरिएको छ ।

रुपन्देहीको  होटेल Bodhi Radesun मा  हुने कन्भेन्सनको सम्पूर्ण तयारि पुरा भएको डिष्ट्रिक्ट गभर्नर लक्ष्मण लम्सालले जानकारी गराउनुभयो । उक्त अवसरमा बोल्दै गभर्नर लम्सालले पाचौं डिष्ट्रिक्ट कन्भेन्सनमा ५ सय भन्दा बढी किवानिजहरुको उपस्थिति रहने विश्वास व्यक्त गरे ।

कन्भेन्सनको होस्ट किवानिज क्लब अफ रुपन्देही लुम्बिनीले गर्दैछ । रुपन्देहीमा हुने किवानिजको कन्भेन्सनले यहाँको पर्यटकीय गतिविधिमा चहलपहल ल्याउने विश्वास गरिएको छ । ‘पाच सय भन्दा बढी किवानिज सदस्यहरु राजधानी काठमाडौंसहित देशका विभिन्न भागबाट रुपन्देहीमा एकैपटक आउँदा यहाँको पर्यटनले गति लिने Kiwanis Nepal District काे Media Coordinator मुकुन्द ढुंगानाले  विश्वास लिएको बताउनुभयाे  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१