बलात्कृत बालिकाको अवस्था गम्भीर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७१, बुधबार १३:३३

काठमाडौँ,१२ कार्तिक । भाइटीका सकाएर हजुरबुबाको घरमा राति सुतिरहेकी १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ। बलात्कृत बालिकाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर भएको छ। 

मोरङ मधुमल्ला गाविस–२ की जोगी थरकी बालिकालाई छिमेकी ४७ वर्षीय पृथ्वी राईले भाइटीकाको राति सुतिरहेको ठाउँबाट बाहिर लगेर बलात्कार गरेका हुन्। आमा कौशिलाका अनुसार भाइबहिनीसँग सुतिरहेका बेला राईले घर पछाडि लगेर बलात्कार गरेका थिए।

ज्वरो आएर बालिका बिरामी परेपछि दुई दिनपछि घटना सार्वजनिक भएको थियो।

बालिकाका हजुरबुबा राति देउसी खेल्न निस्किएका थिए। हजुरआमा माइत गएकी थिइन्। भाइ र बहिनीसँग सुतिरहेको मौका छोपेर राईले बालिकामाथि नजर लगाएका थिए।

उर्लाबारीस्थित एक निजी अस्पतालमा उनलाई ल्याइए पनि अवस्था गम्भीर भएपछि मंगलबार कोसी अञ्चल अस्पताल भर्ना गरिएको छ। उपचारमा संलग्न डाक्टरका अनुसार अत्यधिक रक्तश्रावका कारण बालिकाको शरीरमा रगतको मात्रा एकदमै न्यून छ। बुधबार विहान बालिकालाई एक पिन्ट रगत दिइएको छ।

पीडित बालिकाका बाबु वैदेशिक रोजगारीमा छन्। भाइटीकाको दिन भनेर कौशिलाले सासुससुराकहाँ छोरा, छोरी पठाएकी रहिछन्। ‘म पनि टीकाटालो गर्न भनेर माइत लागेकाले मूलघरमा छोरी पठाएकी थिएँ,’ उनले भनिन्।

प्रहरीका अनुसार बालिका बलात्कार गर्ने राईलाई सोमबार नियन्त्रणमा लिइएको छ। जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धान थालिएका राईलाई मंगलबार अदालतबाट म्याद थप गरी आवश्यक कारबाही थालिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार बालिका सुस्तमनस्थितिकी भएको बुझिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१