रचनाकार शेखर कोइरालाको ‘म त एउटा दिल दुखेको मान्छे’ सार्वजनिक( भिडियो )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०८०, सोमबार ०५:२९

साहित्यकार / सर्जक शेखर कोइरालाको नयाँ सांगीतिक कोसेली गजल  ‘म त एउटा दिल दुखेको मान्छे’ सार्वजनिक भएको छ । लोकप्रिय गायक राज सिग्देलको स्वर र सगीत रहेको उक्त गजलमा दीक्षित पौडेलको एरेन्ज रहेको छ । इजी इन्टरटेन्टमेन्ट (
EZZY  ENTERTAINMENT) युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको  ‘म त एउटा दिल दुखेको मान्छे’ को भिडियोमा अभिनेता पुष्प खड्का र समिक्षा पोखरेलको अभिनय रहेको छ भिडियोलाई  धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन्।
भिडियोमा उत्तम हुमागाईं को सिनेमाटो ग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।
दर्जन भन्दा बढी गीत रेकर्ड भैसकेका अमेरिकाको पेन्सीलभानिया निवासी रचनाकार शेखर कोइरालाको गीती कविता संग्रह ”ममता” सार्वजनिक भैसकेको छ भने  गजल संग्रह “प्रेमाश्रु” छिट्टै नै प्रकाशन हुदै छ । त्रिवेणी साहित्य मञ्च,पेन्सीलभानिया,भूटानी अमेरीकन संगीत संगठनको साथै विभिन्न साहित्यिक,सांस्कृतिक तथा सांगीतिक संस्थाहरूमा सक्रिय भएर आबद्ध हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१