सहसचिव गैरे बर्खास्त, भविष्यमा सरकारी सेवामा अयोग्य ठहर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०८१, आईतवार ०५:३२

काठमाडौं। सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेलाई सेवाबाट बर्खास्त गरेको छ। तोकिएअनुसार बिदा स्वीकृत नगराई तीन महिनाभन्दा बढी समय सम्पर्कबिहीन भएको भन्दै उनलाई मन्त्रिपरिषद्‌ बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

कृषि तथा पशुन्छी विकास मन्त्रालयले सूचना जारी गर्दै भविष्यमा सरकारी सेवामा अयोग्य ठहर नहुने गरी सेवाबाट हटाइएको जानकारी गराएको छ । यसअघि उनी राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका प्रमुख थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१