सुर्खेत। गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन् । अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन ।
।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सुर्खेत जिल्लाभरीका विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरे पछि जिल्लाका निजी विद्यालयहरू बन्द भएका हुन ।
गत जेठ जेठ २४ बन्द हुन सुरु भएका विद्यालयमा कम्तिमा पनि ३० सम्म पठनपाठन हुने छैन । अत्यधिक गर्मीका कारण बालबालिका बेहोस हुन थालेको तथा लुको खतरा बढेकाले स्वास्थ्यमा थप समस्या सिर्जना हुनसक्ने जोखिम बढेको भन्दै विद्यालय बन्द गरिएका हुन ।
प्रतिक्रिया