ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको ९औं महाधिवेशन हुँदै : अध्यक्षमा ठुलोबाबु श्रेष्ठ निर्विरोध निर्वाचितहुने सम्भावना बलियो

evccfn@gmail.com' rastriyakhabar
१८ बैशाख २०८०, सोमबार २२:२४

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायीहरुको छाता संगठनकोरुपमा रहेको ग्रील तथा स्टील ब्यवसायी माहसंघ नेपालको ९औं महाधिवेशन यहि बैशाख २१ गते हुने भएको छ ।
काठमाडौंको प्रदर्शनिमार्गमा रहेको राष्ट्रिय शभा गृहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा महाधिवेशन हुने भएको हो ।
देशभर ६७ जिल्लामा रहेका ब्यवसायीक संगठनहरुको छाता संगठनकोरुपमा रहेको यो महासंघमा करीब ११ हजार ग्रील तथा स्टील ब्यवसायीहरु आवद्धभएका छन् ।
१ लाख ५० हजार भन्दा बढी कामदारहरुलाई प्रत्यक्ष रोजगारी दिईरहेको यो संगठनले बार्षिक अरबौं रकमको कारोबार गर्ने गरेको छ ।
एउटा सामान्य पेशाकोरुपमा हेरीने यो ब्यवसायलाई संगठित संस्थाबनाएर अगाडी बढाएपछि अहिले बिस्तारै उद्योगको रुप धारण गर्दै गईरहेको पाईएको छ ।
बिगत लामो समयदेखि महासंघको नेतृत्व मोहन कटुवालले गर्दै आएकोमा महासंघको बिधानबमोजिम यो कार्यकालबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने भएकोले हाल महासंघको प्रथम उपाध्यक्ष समेत रहेका ठुलोबाबु श्रेष्ठलाई भावि अध्यक्षको लागि अगाडी सारीएको महासंघका एक केन्द्रिय सदस्यले बताए ।
हालका अध्यक्ष मोहन कटुवाल तथा वरिष्ठ उपाध्यक्ष रहेका निरन्जन कुमार श्रेष्ठले लामो समयदेखि महासंघमा रहेर काम गरेका ठुलोबाबु श्रेष्ठलाई अध्यक्षमा समर्थन गर्ने भएपछि उनको सम्भावना बलियो देखिएको हो ।
सकेसम्म अन्य पदहरुमा समेत सहमति गरेर निर्वाचन प्रकृयामै नजानेगरि वर्तमान अध्यक्ष मोहन कटुवाल वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ लगायतले पहल गरिरहेको श्रोतले बताएको छ ।
बैशाख १९ गते मनोनयन दर्ता तथा २० गते नामावलि प्रकाशन गरेर २१ गते नयाँ कार्यसमितिको चयन गरिने कार्यतालिका रहेको एक सचिवालय सदस्यले बताए ।
महासंघले नयाँ नेतृत्व पाए संगै संगठनलाई देशको संघिय ढाँचामा लैजाने तथा अन्य बिबिध नितिगत निर्णय तथा बिधान संसोधन गर्ने बिष्यमा समेत छलफल भईरहेको श्रोतको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१