गोकर्णेश्वर नगरपालिकाले नमुना नगरको रुपमा विकास गर्न प्रोजेक्ट बैँकको निर्माण गर्ने : नगरप्रमुख रिसाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७९, मंगलवार ०९:२५

काठमाडौं ।  गोकर्णेश्वर नगरपालिकाले नमुना नगरको रुपमा विकास गर्न प्रोजेक्ट बैँकको निर्माण गर्दै इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरमको सहकार्य तथा गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रोजेक्टबैँकको सोच, कार्यन्वयन तथा प्रभाव बिषयक एक दिने कार्यशाला गोकर्णेश्वर नगरपालिका कार्यालयको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ ।

स्थानीय सरकारको रणनीतिक योजना तथा बजेट निर्माण सम्वन्धी थप आयाम र यसको प्राविधिक पक्षको बारेमा समेत बृहत कार्यक्रमको संचालन भएको आइपिडिएफका केन्द्रीय उपाध्यक्ष भबानी प्रसाद पौडेले जानकारी गराउनु भयो । साढे तीन दशक लामो विकास आयोजना निर्माणका लागि निरन्तर योगदान दिनुभएका तथा राष्टिय योजना आयोगका पुर्वसदस्य डा. चन्द्रमणि अधिकारी तथा स्थानीय विकास विज्ञ मोहन निरौलाको संयुक्त प्रशिक्षण रहेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल प्रमुख अतिथिको रपमा उपस्थिति रहेको थियो भने, विशेष अतिथिमा उपप्रमुख सान्नानी लामा, प्रमुख प्रशाषकीय अधिकृत बैकुण्ठ सापकोटा, नौ वटै वडाका वडाध्यक्षहरु, नौ वटै वडाका सचिवहरु, शाखा प्रमुखहरु तथा योजनामा संलग्न कर्मचारीहरु सहित ६०  भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो ।

प्रमुख प्रशिक्षक अधिकारिले स्थानीय तहमा स्रोतको अभाव नभएको बरु यसको कसरी उचित ब्यवस्थापन गरेर परियोजनाहरुको प्राथमिकता कसरी निर्धारण गर्ने भन्ने सन्दर्भमा नगर प्रमुखहरुले ध्यान दिनुपर्ने कुरामा विशेष जोड दिनुभयो भने प्रोजेक्ट बैँक निर्माणका चरणहरु र त्यसको प्रभाव विषयमा प्रशिक्षक मोहन निरौलाले आफ्नो प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै नगरप्रमुख रिसालले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने काम सवैभन्दा चुनौतीपूर्ण रहेको बताउँदै उद्योग स्थापना र रोजगारी सिर्जनागर्ने प्रोजेक्टमा आफ्नो विशेष चासो र चिन्ता रहेकोले छुट्टै प्रोजेक्ट बैक स्थापना गरि आइपीडीएफको सहकार्यमा अगाडी बढाउने  बताउनु भयो । कार्यक्रमको ब्यवहारिक कार्यान्वयनमा यस प्रकारका कार्यक्रमहरु आगामी दिनमा निरन्तर गर्नुपर्ने कुरामा सबैको ध्यान जानु पर्ने कुरामा सबैको जोड रहेको थियो ।

कार्यक्रमलाई स्वागत मन्तब्य गरेर उपाध्यक्ष भवानी प्रसाद पौडेलले सबैलाई धन्याबाद दिनुभयो भने कार्यक्रम संयोजन अध्यक्ष मुकुन्द ढुंगानाले गर्नुभएको थियो र कार्यक्रमको संचालन तथा अवधारणाको विकास कोषाध्यक्ष द्रोण पराजुलीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१