नेपाल टी–२० लिग फाइनल प्रवेशका लागि लुम्बिनी र जनकपुर खेल्दै

suman100@gmail.com' suman basnet
२४ पुष २०७९, आईतवार १०:३१

नेपाल टी-२० लिगमा आजदेखि प्लेअफका खेलहरू सुरु हुने भएका छन् ।

आज अंक तालिकाका दुई शीर्ष टिम लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्स फाइनल प्रवेशका लागि खेल्दै छन् । यो क्वालिफायर्स मध्याह्न साढे १२ बजेदेखि सुरु हुँदैछ ।

लुम्बिनी १० खेलमा आठमा जित र दुईमा हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै जनकपुर १० खेलमा सात मा जित र तीन मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा छ ।

आजको विजेता टोली सिधैं फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि सोमबार हुने एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमिनेटर हुनेछ । मंगलबार दोस्रो क्वालिफायर्स र फाइनल खेल बुधबार हुनेछ ।

विराटनगर सुपर किंग्स १० खेलमा पाँचमा जित र पाँचमा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । काठमाडौं १० खेलमा चारमा जित र ६ मा हारसहित आठ अंकका साथ चौथो स्थानमा रहँदै प्लेअफ पुगेको थियो ।

यस लिगमा फार वेस्ट युनाइटेड १० खेलमा तीनमा जित र सातमा हारसहित पाँचौं स्थानमा रह्यो । पोखरा १० खेलमा तीनमा जित र सातमा हारसहित ६ अंकका साथ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१