बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा २ दिने क्षमता अभिबृद्धि तथा उद्घोषण तालिम सम्पन्न (फोटो तथा भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०८१, बिहीबार १७:२४

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को आयोजना तथा  शुभम मल्टिमिडियाको सहजीकरणमा आयोजित वडाबासिको लागी क्षमता अभिबृद्धि तथा उद्घोषण सम्बन्धि तालिम कार्यक्रम सम्पन्न भएको छ ।
वडा न ९ स्थित वडाको सभाहलमा भएको कार्यक्रममा वडाबासिको लागी क्षमता अभिबृद्धि तथा उद्घोषण सम्बन्धि तालिम कार्यक्रममा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्र प्रसाद न्यौपाने प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
बुढानिलकण्ठ नगरपालीका वडा न ९ कि वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे सहित वडा सदस्य रमेश गौतम,श्याम कार्की,सुमी परियारको उपस्थिति रहेको थियो । तालिमको पहिलो सत्रमा क्षमता अभिबृद्धि विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रम वडा सचिव कुमार निरौलाले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रमको सभाअध्यक्ष वडा सदस्य सुमी परियारले गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालीका वडा न ९ कि वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे र बिशेष अतिथि वडा सदस्यहरु रहनुभएको कार्यक्रममा सहजीकरण शुभम मल्टिमिडियाका  अध्यक्ष मुकुन्द ढुंगानाले गर्नुभएको थियो
प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको राजेन्द्र प्रसाद न्यौपाने बिशेष प्रशिक्षणमा रहनुभएको थियो ।

कार्यक्रममा सहभागीले यस कार्यक्रमले उत्साह र हौसला जागेको, समाजमा सकारात्मक प्रभाव परेकोले आगामी दिनमा पनि यो खालको गरिदिनुहुन वडा लाई अनुरोध गर्दै प्रशिक्षणमा सहभागी हुन पाउदा खुसि भएको वडाबासिले ब्यक्त गर्नुभएको थियो ।
दोश्रो सत्रमा प्रशिक्षक राजेन्द्र प्रसाद न्यौपानेले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । वडाबासिको काम कर्तब्य र अधिकार, ब्यवहार सम्वन्धी सिद्धान्त, सहभागितामूलक सिद्धान्त, कला गला र उद्घोषणमा हुनुपर्ने गुण, समयमा हुनुपर्ने बिषयबस्तुहरु साथै ब्यक्तित्व विकासहरुका आयामहरुको बारेमा चर्चा प्रशिक्षकले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

वडाबासिले उत्कृष्ट काम गर्न वा सो क्षेत्रमा सिर्जनशील, उद्यमशीलता, रोजगारी, अविष्कार, अन्वेषण, अनुसन्धान गरी तथा अन्य कसैले गरेको आविष्कार र अनुसन्धानबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी समाज र राष्ट्र विकासमा अनुकरणीय योगदान दिएका सक्षम वडाबासीको लागि सम्बन्धित तालिम संचालन गरिएको वडा सदस्य र वडा सचिवले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले दृढ इच्छाशक्ति र संकल्पलेनै वडाबासीलाई सफल र शिखरमा पुर्याउने हुनाले निरन्तर सिकाइ कला गलालाइ प्रखर बनाइ अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै यस्ता कार्यक्रमले सबैको मनोबल बलियो भएर दृढता पुर्बक आत्मबल बढ्ने हुदा यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।

तालिममा सहभागीहरुले यस्ता कार्यक्रमले कार्यसम्पादनमा थप बल पुग्ने हुदा आगामी दिनमा पनि राख्नुपर्नेमा जोड दिनुभयो । २ दिने तालिममा सहभागी ६० जना सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा सहभागीलाई खाजा पानिको समेत ब्यबस्था गरिएको थियो ।

May be an image of 9 people, flute and templeMay be an image of 8 people, flute and violinMay be an image of 4 people and people smilingMay be an image of 6 people, people smiling, flute and textMay be an image of 3 people, people smiling, hospital and textMay be an image of 5 people, people smiling, hospital and textMay be an image of 5 people, people smiling, hospital and textMay be an image of 5 people, people smiling and textMay be an image of 5 people, people smiling and textMay be an image of 13 people, people smiling and textMay be an image of 7 people, people studying and violinMay be an image of 4 people, people smiling, people studying and hospitalMay be an image of 7 people, people smiling and textMay be an image of 7 people, people smiling and textMay be an image of 4 people, people smiling and textMay be an image of 7 people, dais and textMay be an image of 6 people, people studying, people smiling and text that says 'का लिम - 二ョ素'May be an image of 6 people, dais and textMay be an image of 6 people, dais and textMay be an image of 5 people, people studying, people smiling, hospital and textMay be an image of 6 people, people smiling and templeMay be an image of 1 person and textMay be an image of 1 person, smiling, hospital and textMay be an image of 2 people, people studying, hospital, dais and textMay be an image of 7 people, people studying and violin

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१