बूढानिलकण्ठ नगर कमिटिको आयोजनामा SEE ३X३ बास्केटबल प्रतियोगिता हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०८१, बिहीबार ०५:४६

काठमाडौं । बूढानिलकण्ठ नगरपालिकामा प्रथम SEE ३X३ बास्केटबल प्रतियोगिता हुने भएको छ। नेपाल खेलकुद महासंघ बूढानिलकण्ठ नगर कमिटिको आयोजनामा  बैशाख १४ गते बूढानिलकण्ठ ८ स्थित गोल्फुटार बास्केटबल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

नेपाल भर SEE तहमा सहभागी बिधार्थीहरुलाई बास्केटबल खेलमा सहभागी गराई खेलप्रतिको उर्जालाई बिकास गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको नेपाल खेलकुद महासंघ बूढानिलकण्ठ नगर कमिटि अध्यक्ष बिराज रानाले जानकारी दिएका छन्।

४४ वटा पुरुष र ६ वटा महिला समुहले प्रतिष्पर्धा गर्ने प्रतियोगिताका प्रथम र द्वितीय समुहले क्रमश ७१०० र ४४०० नगद सहित गिफ्ट ह्याम्पर्स तथा भौचरहरु प्राप्त गर्ने उनले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा सहभागिता जनाई कार्यक्रमलाइ सब्य र भव्य ढंगले सम्पन्न गर्न सहयोग पुर्याउन नेपाल खेलकुद महासंघ स्थायी कमिटि सदस्य दीपक तामांगले सबैलाई अनुरोध गरेका छन्।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न सम्पूर्ण नेकपा एमालेका कार्यकर्ता तथा समर्थक लगायत सम्पूर्ण बूढानिलकण्ठ नगरबासीलाई नेकपा एमाले बूढानिलकण्ठ नगर कमिटि अध्यक्ष प्रदिप डंगोलले आग्रह गरेका छन्।

नेपाल खेलकुद महासंघ बुढानिलकण्ठ नगर कमिटि (NECOS) द्वारा आयोजित प्रथम SEE तहको ३/३ बास्केटबल प्रतियोगिता सम्बन्धि पत्रकार सम्मेलन

May be an image of text that says 'सेलळ्दको विकासका लागि स्थानिय तहदेसि केन्द्र सम्म भोतिक पुर्वाधर व्यवसारिक र प्रतिस्पर्धी खेलकद गतिविधि हामोर आधार नेपाल खेलकृद महासंघ बुढानीलकण्ठ नगर कमिटी (NECOS) दारा आयोजित प्रशम SEE तहको 3x3 बास्केटबल प्रतियोगिता पत्रकार सम्मेलन नेपाल खेलकृद महासंघ (नेकोस) वुढानिलकण्ठ नगर कमिटि मिति: ನಂದದಿ/09/ २०१/ गते स्थान: नेकपा (एमाले) बूढानीलकणठ नगर पार्टी कार्यालय'

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१