आइजीपीको बास व्यापारीको घरमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७१, सोमबार ०२:३०

आइजीपीको बास व्यापारीको घरमा

Upendra Kanta Aryal

८ बैशाख, काठमाडौं । नेपाल प्रहरकिा महानिरीक्षक (आइजीपी) उपेन्द्रकान्त अर्याल प्रहरी सम्बन्धी महत्वपूर्ण छलफल तथा निर्णय गर्न हेडक्वार्टर भन्दा एकजना व्यापारीको घरतिर बढी देखिन थालेका छन् । पूर्वडीआईजी अशोक श्रेष्ठको निजी गाडी चढेर आइजीपी बालुवाटारस्थित एक जना व्यापारीको घरमा देखिन थालेपछि हेडक्वार्टरमा पनि हल्लिखल्ली मच्चिएको छ ।

पूर्व गृहमन्त्री विजयकुमार गच्छदारका असुलीदार, व्यापारिक साझेदार यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाको घरमा प्रहरीको नीति नियम, सरुवा बढुवा, तथा ठेक्कापट्टासम्बन्धी छलफल हुने गरेको सोमबार प्रकाशित साँघु साप्ताहिकमा खबर छ । उनले त्यहाँ जाँदा प्रहरीको भण्डावाला गाडी होइन पूर्व डीआइजी अशोक श्रेष्ठको १२२७ नम्बरको प्राइभेट गाडी प्रयोग गर्ने गरेको मन्त्रीक्वार्टर स्रोतले जनाएको छ ।

पछिल्लो पटक बैशाख ५ गते पनि आङछिरिङकै घरमा छलफल भएको थियो । यता एआइजी बढुवामा गहृमन्त्री र आइजीपीको कुरा नमिलेको चर्चा पनि गृहमन्त्रालयमा चलेको छ । आइजीपी अर्याल अहिले जति पद रिक्त छन्, त्यति नै डीआईजीलाई एआइजीमा पदोन्नति गर्ने पक्षमा रहेको बताइन्छ । गृहमन्त्री बामदेव गौतम भने बढुवाको लाइनमा रहेका १३ जना डीआइजीलाई नै एआइजीमा बनाउने पक्षमा उभिएका छन् ।

आफ्ना मान्छेलाई सेटल गर्न र आर्थिक चलखेलमा राज्यलाई भार पर्नेगरी विजय गच्छदारले १८ जनालाई अनावश्यक स्थानमा डीआइजी बनाए जस्तै बामदेवले पनि १३ जना डीआइजीहरुलाई नै एआइजी बनाउने सोतमा रहेको बताइन्छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१