प्रचण्ड–माधवलाई ओलीको निम्तो : ‘जनसमर्थन कस्तो हुन्छ, बुटवल हेर्न आउनुस’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७७, आईतवार ०३:५०

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनसमर्थन कस्तो हुन्छ भनेर बुटवलमा हेर्न आउन प्रचण्ड–माधव नेपाललाई निम्तो दिएका छन् ।

प्रचण्ड–नेपालले देशभरबाट मान्छे जम्मा गरेर आफूलाई हेर्न आउन आग्रह गरेको भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको मात्र जनसागर हेर्न प्रचण्ड–नेपाललाई आव्हान गरे ।

मैदानमा मानिस नहटेर कार्यक्रम वरिपरिका सडक समेत भरिएको भन्दै उनले बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जनसागर कस्तो हुन्छ, हेर्न आउन प्रचण्ड–नेपाललाई निम्तो दिए ।

ओलीले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बाहिरिएपछि जनतामा उत्साह आएको बताए ।

ओलीले प्रचण्ड र नेपालको नाम नै नलिई भने, ‘उहाँहरु जानु भो, जनतामा उत्साह बढेको छ, पार्टी एकता भएको छ, गतिशील भएको छ ।’

कोही व्यक्ति बाहिरिँदैमा केही फरक नपर्ने भन्दै उनले निरास हुनुपर्ने आवश्यकता नरहेको बताए । प्रचण्ड र नेपालले पार्टीमा रहेर सधैँ समस्या मात्र निम्त्याएको आरोप लगाउँदै पार्टीमा बसेर अनुशासनहीन काम गर्नेहरु बाहिरिएको तर्क गरे ।

उनले भने, ‘निरास हुनुपर्ने आवश्यकता छैन । केही मानिसहरु बाहिर गएका हुन् । कठै बरा भन्नुपर्ने मानिस बाहिर गए ।’

अब पार्टी एक हुने, गतिशील हुने भन्दै उनले देश निर्माण गर्ने संकल्प बोकेको पार्टी नेकपा बन्ने उनको दावी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१