अख्तियारमा सरकारको हस्तक्षेप हुँदैन, देश र जनतालाई शिरमा राखेर काम गर्नुस् : प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७७, बिहीबार ०४:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनैपनि संवैधानिक अंगमा हस्तक्षेप नगर्ने बताएका छन् । ओलीले राज्यका कुनैपनि अंगमा धम्क्याउने तथा तर्साउने काम कोही कसैबाट हुन नहुने बताए ।

केही शक्तिहरु संवैधानिक अंगहरुलाई धम्क्याउन र तर्साउन लागेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता डर, धम्की र त्रासबाट प्रभावित नहुन उनले सबै अंगका प्रमुख तथा पदाधिकारी र कर्मचारीलाई आग्रह गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको आफूहरुको मुख्य कर्तव्य भ्रष्टाचार नियन्त्रण भएको भन्दै यसका लागि सबैले आआफ्नो स्थानबाट सक्दो पहल गर्न आग्रह गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१