यस्ता छन् मन्त्रिपरिषदले गरेका निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०७७, बुधबार ०५:४५

काठमाडौं । मन्त्रिपरिषदको बैठकले माघ १९ र २६ गते गरेका निर्णय सार्वजनिक गरेका छन् ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमार्फत सरकारले गरेका निर्णय सार्वजनिक गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै सोनाम ल्होसारको अवसरमा माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बलमा कार्यरत दुई नायव महानिरीक्षक (डिआइजी) को एक वर्ष पदावधि थप भएको छ । डिआइजीहरु खड्कबहादुर राई र मन्दिप श्रेष्ठको एक वर्ष पदावधि थप गर्ने सरकारले निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

डिआइजी राई र श्रेष्ठको सेवा अवधि २०७८ माघ २६ गतेसम्म थप्ने निर्णय गरेको छ ।

त्यस्तै, बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१