यी गुण भएका पुरुषले सजिलै जित्न सक्छन् महिलाको मन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७७, सोमबार ०४:५८

एजेन्सी । महिलाहरु र पुरुष एक अर्काका परिपुरक हुन् । उनीहरु एकअर्कामा आकर्षित हुने प्राकृतिक गुण हो । उनीहरु यसरी किन आकर्षित हुन्छन् भन्ने बारेमा वैज्ञानिकहरुले पनि अझै मेसो पाएका छैनन् । हालै भएको एक अध्ययनले यसबारेमा नयाँ तथ्य सार्वजनिक गरेको छ । पुरुषहरुमा निम्न गुण भए महिलाहरु आकर्षित हुने उक्त अध्ययनले बताएको छ ।

आफ्नो बानीसँग मेल खाने पुरुषः यो गुण महिला पुरुष दुबैका हकमा मिल्दछ । आफ्नो बानी ब्यहोरासँग मेल खाने महिला या पुरुष तर्फ उनीहरु बढी आकर्षित हुने गर्दछन् । क्यालिफोनिर्या विश्वविद्यालयका अनुसन्धानकर्ताले एक अनलाई डेटिङ साइटमा ६० पुरुषहरु र ६० महिलाहरुमा गरेको अध्ययनले यो तथ्यलाई पुष्टी गरेको छ ।

अध्ययनमा सहभागी ती मानिसहरुले पुरुषहरु र महिलाहरुका प्रति चासो देखाए जो उनीहरु झैं हेर्दा आकर्षित थिए । विज्ञले आफू भन्दा धेरै राम्रो देख्दा मानिसहरुमा कतै उसको पार्टनरको कतै अफेयर त छैन भन्ने मनमा खेल्ने बताए । त्यसैगरी कम आकर्षित हुँदा म यो भन्दा राम्रो मान्छे पाउन सक्छु भन्ने हुने गरेको उनको तर्क थियो ।

फ्लर्ट गर्ने पुरुषः अमेरिकारको रटगर्स युनिभर्सिटीका प्रोफेसर तथा प्रसिद्ध लेखक हेलेन फिसर धेरै महिलाहरु आफ्नो प्रशंसा गर्ने पुरुषका प्रति चासो दिने बताए साइकोलोजी टुडे पत्रिकालाई दिएको एक अन्तर्वार्तामा हेलेनले आफ्नो प्रशंसा सुन्दा महिला मुस्कुराउने र लजाउनुका साथै ती पुरुयाको कुरामा अलिक ध्यान दिने गरेको बताए । धेरै महिलाहरुमा पुरुषहरुले गर्ने फ्लर्ट राम्रो लाग्ने गरेको उनको तर्क छ ।

उमेरमा जेठा पुरुष तर्फ आकर्षितः सन् २०१० मा भएको एक अध्ययनमा महिलाहरु प्रायः आफ्नो उमेर भन्दा जेठासँग आकर्षित हुने पत्ता लागेको थियो । यो कुरा आफैं कमाउने महिलाहरुमा धेरै लागु भएको पाइयो । बेलायतको डंडी युनिभर्सिटीका प्रफेसर तथा लेखिका फह्याना मुरले आर्थिक रुपमा स्वतन्त्र महिलाहरु आत्मविश्वासका साथ पार्टनरको चयन गर्ने गरेको बताउँछिन् ।

सामान्य शरीर भएका पुरुषः २८६ महिलाहरु माथि क्यालिफोनिर्या युनिभर्सिटीको एक अध्ययनबाट महिलाहरु सामान्य शरीर भएका पुरुष धेरै मन पराउने गरेको तथ्य फेला परेको छ । यी महिलाहरुलाई केही सर्ट नलगाएका पुरुषहरुको तस्विर देखाइएको थियो । यी महिलाहरुले धेरै मसल्स भएका पुरुषहरुलाई अल्पकालिन साथी बनाउने गरेको र सामान्य मसल्स भएका पुरुषहरुलाई दीर्घकालिन पार्टनर बनाउने गरेको पाइएको थियो ।

हँसाउने पुरुषः धेरै अध्ययनहरुबाट हँसाउने पुरुषहरु महिलाहरुको अकर्षणको केन्द्र बन्ने गरेको पाइएको छ । राम्रो सेन्स अफ ह्यूमर भएका पुरुषको साथ महिला चाँडै नै घुलमिल हुन्छन् । र उनहरुसँग खुलेर कुराकानी गर्दछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१