हत्याकाण्ड पछि ७ घर दलित परीवार बिस्थापित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार १०:०८

सम्राट सिंह
बझाङ / २  असोज । हत्याकाण्ड पछि स्याडी गाविस ९ मा रहेको वेडकोल्ला गाउँका ७ घर दलित परिवार २ बर्षदेखि विस्थापित भएका छन ।
२०६९ साल जेठ २० गते गरिबिका कारण बिरजीत कामी र उनका भाइ गगन कामीको मिलोमतोमा हतियार प्रयोग गरी बिरजीतकी श्रीमती झाँकरी कामी सहित ७ जना बालबच्चाको हत्या गरेको थियो ।
बिरजीतका ८ वटा बालबच्चा मध्य २ छोरा र १ छोरी जीवित छन भने गगनका ८ वटा बालबच्चा मध्य ४ छोरी र २ छोरा जिवित छन ।
जिवित बालबच्चालाई घटनामा बाँच्न सफल भएकी गगनकी श्रीमती कुटुली विकले आफ्नो माइतीघर लगेकी थिइन् । माइतीले दिएको सानो घर पनि बर्षातले भत्कीदा विक झनै समस्यामा परेकी छन । विकलाई कतिबेला गासको समस्या छ भने कतिबेला बासको समस्या छ ।
उनी २ बर्षदेखि गाउँ घरमा मागेर बालबच्चा पाल्दै आएकी छन । जिल्लामा दलित र असहायका लागि काम गर्ने संघ संस्थाहरु थुप्रै भएपनि कुटुलीको यो समस्यामा भने कुनै संघ संस्थाको ध्यान जान सकेको छैन ।
घटनापछि बिस्थापित भएका केही परिवार भारतको पिथौरागढमा मजदुरी गदै आएका छन भने केही घर परिवार आफन्तको घरमा बस्दै आएका छन ।
बिस्थापित भएको करिब ७ महिनापछि २ घर परिवार पुनः गाउँमा बसोबास गर्न खोज्दा राती भुत पिचासले तर्साउने गरेको भन्दै गाउँमा नै बस्न छोडेको स्थानिय गाउँलेको भनाई छ ।
लामो समयदेखि ७ घर परिवार बस्दै आएको बेडकोल्ला गाउँ अहिले सुनसान बन्नुका साथै २ बर्षदेखि दलित परिवार भुत पिचासको डरले गाउँमा बस्न छोडेपछि बस्ती गौचरमा परिणत भएको छ ।
७ वटाको एकै चिहान भएको बझाङमा यो पहिलो घटना थियो ।
विरजित र विरजीतका भाई गगन अहिले जिल्ला कारागार बझाङमा सजाय भोग्दै आएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१