खोलामा नुहाउन जांदा एक किशोरीको मृत्यु, दुई वेपत्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७१, बुधबार ०९:३८

प्रविण अग्रवाल/
रौतहट १ असोज  ।रौतहटको दुई छुटाछुटै गाविसमा रहेको झाझ र मझियाइन खोलामा जितिया पर्व मनाउनका लागी नुहाउन गएकी एक किशोरीको मंगलवार दिउंसो डुवेर मृत्यु भएको छ भने दुई किशोरी वेपत्ता भएका छन् ।
जितीया पर्वको अवसरमा घरका सदस्यहरु संगै घर नजिकै रहेको मझियाइन खोलामा नुहाउन गएकी रमौली वैरिया गाविस वडा नम्बर ८ नरकटिया टोल बस्ने रुपलाल दासको १२ बÈिर्या छोरी मनिÈा कुमारीको दिउसो ३ बजे डुवेर मृत्यु भएको छ ।
खोलामा बालिका डुवेको खबर लगतै हराई रहेकी किशोरीको खोजी कार्य शुरु गरिए पनि एक घण्टा पछि मात्र बालिकाको शव फेला परेको प्रहरी उपरिक्षक सानुबाबु थपलियाले जानकारी दिए ।
यस्तै झा“झ नदीमा नुहाउन गएकी पोठियाही गाविस वडा नम्वर ८ बस्ने उत्तिम यादवको १५ बर्षीय  छोरी अंजु कुमारी यादव र सोही वडाका बाबुनन्द यादवको १५ बर्षीय छोरी राधिका कुमारी यादव पनि खोलामा डुबेर हराई रहेको प्रहरीले जनाएको छ । जितिया पर्व मनाउनका लागी परिवारजन संग गाविस महमदपुर नजिक रहेको झाझ खोलामा नुहाउन गएकी दुवै किशोरी सा“झ ६ बजे डुवेर वेपत्ता भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
खोलाले वेपत्ता बनाएका दुवै किशोरीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जितीया पर्वमा नदी तथा खोलामा नुहाउनु पर्ने धार्मिक विश्वास रहेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१