गाँजा तस्करीमा महिलालाई प्रयोग गरेपछि…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७१, मंगलवार ०६:१३
 सिरहा,  ३१ भाद्र  ।  प्रहरीले लागुऔषध ओसारपसारमा सिरहामा कडाइ गरेपछि तस्करले नयाँनयाँ प्रयोग गर्न थालेको पाइएको छ ।तस्करले गाँजा सुरक्षित रुपले सीमा पार गराउन महिलालाई समेत प्रयोग गर्न थालेको भेटिएको हो ।इलाका प्रहरी कार्यालय लहानले आइतबार सिरहाको लहानसँगै जोडिएको सिसवनी–७ बाट महिलासहित तस्करीका लागि तयारी अवस्थामा राखिएको ४५ केजी गाँजा बरामदपछि लागुऔषध ओसारपसारमा महिलाको प्रयोग पनि हुन थालेको खुलेको हो ।
 victim
प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा गएको टोलीले सिसवानी–७ बर्छवास्थित फिरतु मण्डलको घरबाट प्लास्टिकको बोरामा प्याक गरेर तस्करीका लागि राखिएको ४५ केजी गाँजा र ठकनीवती मण्डललाई पक्राउ गरेको हो ।
प्रहरीले विशेष सुराकीका आधारमा मण्डलको घरमा छापा मार्दा फिरतुले गाँजा रेखदेखका लागि खटाएकी उनकी श्रीमती ठकनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक फुँयालले बताउनुभयो ।पछिल्लो समयमा प्रहरीले लागुऔषधविरुद्ध आक्रमक कारबाही गरेपछि तस्करले विद्यालय क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थी, महिलालाई लागुऔषध ओसारपसारमा प्रयोग गर्दै आएको भेटिएको छ ।
प्रहरीले गत हप्ता लहानबाट दुईजना दस जोड दुई अध्ययन गरिरहेका विद्यार्थी सवार मोेटरसाइकल साइकललाई ठक्कर दिएर दुर्घटना भएपछि ठूलो परिमाणमा लागुऔषध बरामद गरेको थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१