प्रहरी प्रधान कार्यालयले ३७ जना बरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी)हरुको सरुवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७१, मंगलवार ०५:३२

 काठमाडौँ,    ३१ भाद्र  । प्रहरी प्रधान कार्यालयले ३७ जना बरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी)हरुको सरुवा तथा हेरफेर गरेको छ ।महानगरीय प्रहरी परिसर हनुमानढोकाको प्रमुखमा उत्तम कार्की यथावत रहेका छन् भने अपराध महाशाखामा पुष्कर कार्कीलाईनै कायम गरिएको छ । रमेश खरेल र बिजयलाल कायस्थलाई हेडक्वार्टरले तानेपछि कार्कीद्धय हनुमानढोकामा गएका थिए ।

खरेललाई मध्यक्षेत्रीय प्रहरी तालिमकेन्द्र भरतपूर सरुवा गरिएको छ । रमेश खरेलकै ब्याजी अर्का एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । उनले सम्भवतः प्रहरी प्रवक्ताको जिम्मेवारी पाउनेछन् ।947fa496242fcb6114ad97c31ef90c63_L

यसअघि उनकै स्थानमा रहेका प्रवक्ता गणेश केसी भने अन्चल प्रहरी कार्यालय लुम्बिनी सरुवा छन् ।

कायस्थलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा कायम गरिएको छ । यादवराज खनाललाई अख्तियारमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१