५० लाख मुल्य बराबरको एक रोपनी जग्गा दान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७१, सोमबार १५:४०

सम्राट सिंह /
बझाङ / ३० भाद्र ।
कृषि सेवा केन्द्र झोतालाई ५० लाख मुल्य बराबरको एक रोपनी जग्गा दान गरेको छ । भैरवनाथ गाविस २ झोता निवासी ७७ बर्षिय कृष्ण बहादुर सिंहले आफ्नो नाममा रहेको जग्गा कृषि सेवा केन्द्रलाई दान गरेको हो ।
विगत पन्ध्र बर्षदेखि कृषि सेवा केन्द्र झोताले घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो । सोमबार कृषि सेवा केन्द्रलाई जग्गा दान गरे पश्चात जिल्ला कृषि विकास कार्यालय बझाङले एक सम्मान कार्यक्रम गरी सिंहलाई फुलमाला सहित दोसल्ला ओढाई सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै बरिष्ठ कृषि विकास अधिकृत तिवारीले जग्गा दानले यस क्षेत्रका समग्र कृषकहरुको हित र विकास हुनुका साथै विकट गाविसका कृषकहरुलाई समेत टेवा पुगेको बताए । लामो समय देखि कार्यालयको भाडा तिरेर सञ्चालन हुदै आएको कृषि सेवा केन्द्र झोता अबदेखि आफ्नै स्वामित्वमा रहि कार्यालय सञ्चालन हुने उहाँको भनाइ छ ।
कृषि सेवा केन्द्र झोताले भैरवनाथ गाविस लगायत ११ वटा गाविसका कृषकहरुलाई सेवा दिदै आएको छ । यस सेवा केन्द्रमा १ जना कृषि अधिकृत सहित ४ जना कृषि प्राविधिक र २ जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारीको दरबन्दी रहेको छ ।
जीवनभर कृषि पेशामा संलग्न भएको र कृषिलाई सेवा गर्ने चाहना भएकोले १ रोपनी जग्गा दान गरेको सिंहले जानकारी दिए । उनले भने जग्गा दान गर्न पाउँदा आफुलाई गौरव लागेको छ ।
जिल्लाका कृषकहरुलाई सेवा दिन जिल्ला कृषि विकास कार्यालय बझाङले बाँज गाविसको सैन्यू,भैरवनाथ गाविसको झोता,मालुमेला गाविसको मालुमेला र मेबिसौना गाविसको तल्कोट गरी ४ वटा कृषि सेवा केन्द्र स्थापना गरेको छ ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१