ग्यास चुहिएर आगलागी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७१, सोमबार १४:०८

विराटनगर,  ३० भाद्र । मोरङको मधुमल्लामा खाना पकाउने ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा लाखौँको सम्पत्ति जलेर नष्ट भएको छ ।

सोही गाविस–७ बस्ने केदारनाथ कठायतको घरमा आइतबार राति ८ बजेको समयमा आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण समान जल्दा रु तीन लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय जनता, दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा आएको थियो । उक्त घटनामा कुनै मानवीय र चौपायाको क्षति नभएको बताइएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१