मानवअधिकार आयोगकी सदस्य अन्सारीको भनाइप्रति अध्यक्षद्वारा खेद व्यक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७७, शुक्रबार ०५:०१

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सदस्य मोहना अन्सारीले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गर्ने पार्टीको निर्णयबारे ट्विटरमा गरेको टिप्पणीमाथि खेद व्यक्त गरेको ।

आयोगका अध्यक्ष अध्यक्ष अनुपराज शर्माले एक विज्ञप्ति जारी गरी अन्सारीले गरेको टिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् । उनले सदस्य अन्सारीलाई सचेत गराएको अवस्थामा पनि त्यस्ता अभिव्यक्ति आउनु खेदजनक रहेको भनेका छन् ।

‘संविधान कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गर्दै सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित् छानबिन प्रतिवेदन’ भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक संजालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस किसिमको भनाइ ट्विटरमा आउनु खेदजनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।’

अन्सारीले केही दिनअघि ट्विटरमा ‘सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानबिन प्रतिवेदनको आधारमा कारबाही गरी निष्काषन र सांसदबाट निलम्बन हुने विषय खेदजनक छ । संसदमा आफनो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारबाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरीत रहेकोले निर्णय फिर्ता लिन अनुरोध गर्दछु ।’ भनी लेखेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१